२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महाशिवरात्री पर्वको अवसरमा होटल पौवाका १२ वटै शाखा भजनमय

शनिवार , फाल्गुण २६, २०८०

रुपन्देही, २६ फागुन । 
नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै विभिन्न चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाले महाशिवरात्रीका दिन १२ वटै शाखामा शिव पूजन तथा हरिकृतन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार परेको महाशिवरात्रीको अवसरमा होटल पौवाले ग्राहकहरुलाई भजनकृतनमा नचाउनुका साथै प्रसाद वितरणसहित भजन उत्सव सम्पन्न गरेको हो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं सँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ बुटवल योगीकुटीसहित पौवाका १२ वटा शाखामा शिवरात्री विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको प्रसाद खुवाउनुका साथै संगीतमय भजन टोलीले शिवरात्रीका दिन साझ ६ बजेदेखि हरिकृतन गरेको भण्डारीले बताए।

बुटवलको योगीकुटीमा रहेको शाखामा मात्रै महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहरण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल शाखा प्रबन्धक निशान्त खरेलले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिँदै आएको होटल पौवाले गत वर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृतन लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए ।

pauwa (1) (1).jpg

भैरहवा शाखामा शिवरात्री विशेष कार्यक्रम (भजनकृतन) मा ८ सय बढी ग्राहकहरुको उपस्थिति रहेको शाखा प्रबन्धक गिरीराज पाण्डेले बताए ।

पौवाले नेपालमा मनाइने हरेक पर्व र साँस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए ।

WhatsApp Image 2024-03-09 at 11.10.02 AM.jpeg

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुको गोरुसिंङ्गेमा १, दाङको भालुवाङ्ग, लमही र घोराहीमा गरी ३, पाल्पाको तानसेनमा १, गुल्मीको रेसुङ्गामा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा सञ्चालनमा आइसकेका छन् ।

शाखा विस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । साथै केही दिन अगाडी नेपालगंजमा पाँचतारे होटल सञ्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।