
शनिवार , फाल्गुण २६, २०८०
बुटवल, २६ फागुन ।
महाशिवरात्री पर्व एवं ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ब्रह्माकुमारी ग्लोबल पिस रिट्रीट सेन्टर ढवाहाको आयोजनामा महिला सशक्तिकरणद्वारा समाज परिवर्तन कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्माकुमारीज नेपालका सह–निर्देशक कमला दिदीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य भगवती घिमिरे, बुटवल उपमहापालिकाका उपप्रमुख सावित्री अर्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा सह–निर्देशक कमलाले महिला सशक्तिकरणका लागि भौतिकताको साथसाथै आध्यात्मिकको बोध हुनुपर्ने बताइन् ।
उपप्रमुख अर्यालले महिलाको हकहितको लागि भिनिन्न कार्यक्रमको बारेमा जानकारी दिदै महिला सशक्तिकरणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयबाट धेरै कुरा सिक्नुपर्ने बताइन । ब्रमाकुमारी रीता दिदीको स्वागत तथा ब्रमाकुमारी विमलाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij