शनिवार , फाल्गुण २६, २०८०
भैरहवा, २६ फागुन
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको ४८ औं जिल्ला वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
शाखाका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका मन्त्री रामचन्द उपाध्यायले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुशील गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको रेडक्रसका केन्द्रिय सभापति सुदर्शन प्रसाद नेपालले उदटन गर्नुहुंदै रेडक्रसको विधान संशोधन गर्न लागेका बताए ।
साधारण सभामा रेडक्रसका पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रेडक्रस लुम्बिनी प्रदेश सभापति लाल प्रसाद पंगेनी, लेखा समिति संयोजक कुलप्रसाद लामिछाने लगायतले रेडक्रसका नीतिनियम तथा गर्नुपर्ने काम र दायित्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट शाखालाई सम्मान गरिएको थियो । सो कार्यक्रममा मानव सेवा आश्रमलाई पनि सम्मान गरिएको थियो ।
रेडक्रस बेलहिया उपशाखाको आतिथ्यतामा भएको कार्यक्रममा शाखाका सभापति राकेश गुरुङले स्वागत तथा रेडक्रस रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायले सञ्चालन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij