२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महाशिवरात्रीमा लायन्स र लियो क्लबद्वारा भैरहवामा मधुमेह परीक्षण

शनिवार , फाल्गुण २६, २०८०

भैरहवा, २६ फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशील र लियो क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा निःशुल्क चिया वितरण र मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार (महाशिवरात्रीको दिन) चारवटा क्लबको संयुक्त आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) मा उक्त कार्यक्रम भएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगलले बताए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले मन्दिरमा लायन्स र लियो क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले भने, ‘महाशिवरात्रीको पुनित अवसर पारेर क्लबहरुले मन्दिरमा आउने भक्तजनलाई मध्यनजर गर्दै कार्यक्रम गर्नु सराहनीय छ ।’

ए वन हेल्थ नेपाल एडभान्सड् डायग्नोष्टिक प्याथोलोजी ल्याब बैंकरोड र लुम्बिनी कोहिनुर डायग्नोष्टिक एण्ड रिसर्च सेन्टर भैरहवाको सहयोगमा भएको कार्यक्रममा ६७० जनाको मधुमेह र रक्तचाप (प्रेसर) चेकजाँच गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका सचिव हरि आचार्यले बताए । त्यस्तै ३ हजार १ सय जनालाई चिया वितरण गरिएको आचार्यले जानकारी दिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका प्रथम भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक) को पनि उपस्थिति रहेको थियो ।  

WhatsApp Image 2024-03-09 at 5.21.27 PM (1).jpeg

सेजल मल्लिकको स्वागत, पुनम यादवको धन्यवाद ज्ञापन तथा हरि आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स अगुवा अर्चित श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगल, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष यमकला न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर सिर्जनशीलकी अध्यक्ष पुनम यादव, लियो क्लब अफ सिद्धार्थनगर युथकी अध्यक्ष सेजल मल्लिक, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजकको जिम्मेवारी सुशिल कुमार सिंघल, शारदा रेग्मी, रितु बिके र आदर्श कुमार पण्डितले निर्वाह गरेका थिए ।