२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा आधुनिक श्रृंगार गृह सञ्चालन

शनिवार , फाल्गुण २६, २०८०

बुटवल, २६ फागुन । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगरमा आधुनिक प्रकारको श्रृगार गृह (एसएच ब्युटी स्यालोेन) सञ्चालनमा आएको छ । उक्त श्रृंगार गृहको शनिबार शुभारम्भ गरिएको छ ।

श्रृंगारका विभिन्न विधामा सेवा दिने गरी श्रृंगार गृह सञ्चालनमा आएको हो । एसएच ब्युटी स्यालोनमा स्कीन, नेल्स, मेकअप तथा हेयर केयर लगायतको श्रृंगार तथा श्रृंगारका सामान समेत विक्री हुने सञ्चालक सुनिता थापाले जानकारी दिइन् ।

सञ्चालक थापाका अनुसार करिब ३५ लाख लगानीमा खुलेको यस ब्यूटी स्यालोनमा महिला तथा पुरुषले सेवा लिन सक्नेछन् । त्यसका लागि दुई पुुरुष र चार महिला प्रशिक्षक रहेका छन् । स्यालोनमा विभिन्न उत्पादन कम्पनीका कस्मेटिक सामानहरु विक्रीवितरण समेत गरिनेछ । 

स्यालोनमा श्रृंगार सम्बन्धी विविध विधामा तालिम समेत प्रदान गरिने अर्का सञ्चालक सोेनु थापाले उल्लेख गरे । योग्य जनशक्ति उत्पादन गर्ने गरी तालिममा सञ्चालन गरिने उनले बताए । स्यालोनमा आधुनिक प्रकारका कस्मेटिक सामग्री उपलब्ध गराइने थापाले बताए । श्रृंगारका सामानसहित दुलही, दुलाहाको मेकअप तथा गाडी सजावट समेत गरिने थापाले जानकारी दिए । श्रृंगारका आधुनिक प्रविधिबाट सेवा दिइने उनको भनाइ छ ।