२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भीम अस्पताललाई वाटर डिस्पेन्सर हस्तान्तरण

सोमवार , फाल्गुण २८, २०८०

भैरहवा, २८ फागुन । 
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा प्रसुती सेवाका लागि आउने महिलाहरुलाई लक्षित गरी चारवटा लायन्स क्लबहरुले संयुक्त रुपमा तातो पानी बनाउने मेशीन (वाटर डिस्पेन्सर) हस्तान्तरण गरेका छन् । 

आइतबार एक कार्यक्रमकाबीच लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ,  लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमले दुईवटा मेशीन अस्पताललाई हस्तान्तरण गरेका हुन्। 

मेशीन ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले प्रसुति कक्षमा महिलाहरुलाई तातो पानीको आवश्यकता रहेको समयमा मेशीन पाउनु खुशीको कुरा रहेको बताए । उनले लायन्स क्लबहरुले अस्पताललाई निरन्तर सहयोग गर्दै आएको बताए ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका गर्भनर अर्जुनमान सैंजुले भैरहवा क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले आवश्यकता अनुसार सहयोग गरेको र यसलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ पी, का फस्ट भाइस डिष्ट्रिक्ट गनर्भर (भिडिजी) पुरुषोतम भक्त प्रधानाङ्ग, सेकेण्ड भिडिजी बालराम भट्टराई, जिल्ला सचिव विनोद खरेल, डिष्ट्रिक्ट एडभाइजर रुपमा हिराचन, एरिया–५ का चिफ सतिस कुमार कौसल (दीपक), एरिया को–चिफ अभिनव मयुर कशौधन, रिजन चेयरपर्सन दुर्गा आचार्य, जोन चेयरपर्सन राकेश गुरुङ, तनु शर्मा कसौधन अस्पताल मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदा, सूचना अधिकारी डा. आरिफ हुसेन, अस्पताल व्यवस्थापक सुरेन्द्र अधिकारी, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष कमल रायमाझी, प्रकृति संरक्षण नेपालका संस्थापक अध्यक्ष प्रकृति उप्रेती लगायतको उपस्थिति रहेको थियो । 

Untitled-1 copy.jpg

मनिषा थापा कसौधनको सञ्चालनमा कार्यक्रमको संयोजक अभा मल्ल, सिर्जना जोशी, पुष्पा रायमाझी र अनिता रौनियार रहेका थिए ।