२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

रोट्रयाक्टद्वारा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

सोमवार , फाल्गुण २८, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • तिलोत्तमा, २८ फागुन ।
    रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको आयोजनामा काभ्रेको धुलिखेलमा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगामी रोट्रयाक्ट वर्ष २०२४÷२५ का लागि देशैभर रहेका सम्पूर्ण रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालिमहरु प्रदान गर्ने उद्देश्यले प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

    फागुन २५ र २६ गते धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयवस्तुमा केन्द्रित रहेर सैद्दान्तिक, व्यवहारिक एवं समूहहरु निर्माण गरी प्रयोगात्मक सिकाइ पद्दति, खेल सिकाइ पद्दति समेत अबलम्बन गरी तालिम प्रदान गरिएको थियो ।

    तालिममा सहभागीहरुलाई विभिन्न विधाहरुमा मूल्याकंन गरी उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

    सो अवसरमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का वर्तमान डीआरआर रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल, २०२४/२५ का लागि इलेक्ट डीआरआर दिनेश गैरे लगायतले फरकफरक शिर्षकमा तालिम प्रदान गरेका थिए । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने र प्रशिक्षकहरुको भूमिकालाई पनि प्रभावकारी बनाउने उद्देश्यले अहिले नै देशभरबाट ४६ जना प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सप्पन्न गरिएको वर्ष २०२४/२५ का डीआरआर विक्रम क्षेत्रीले बताए ।

    1bde235f-5c00-44df-b457-5a5e7e7d2c36.jpeg

    तालिम कार्यक्रमको सहजीकरण वर्ष २०२४/२५ का लागि रोट्रयाक्ट डिष्ट्रिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गर्नुभएको रोट्रयाक्ट डिष्टिक मिडिया समन्वय अफिसर आविस्कार खनालले जानकारी दिए ।