images

बिहिवार, बैशाख २० गते २०८१

अभावकाबीच उत्कृष्ट शिक्षण सेवा दिँदै बहिरा बाल विद्यालय

अभावकाबीच उत्कृष्ट शिक्षण सेवा दिँदै बहिरा बाल विद्यालय

images
images
images
मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • अभावकाबीच उत्कृष्ट शिक्षण सेवा दिँदै बहिरा बाल विद्यालय

    भैरहवा, २९ फागुन ।

    images
    images
    images

    यो रुपन्देहीको भैरहवास्थित बहिरा बाल माध्यामिक विद्यालय हो । यो लुम्बिनी प्रदेशको एक मात्र बाल बहिरा विद्यालय हो । २०३२ सालमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ पञ्चवाटिकामा रहेको विद्यालयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

    यस विद्यालयमा नेपाल अधिराज्यका ३३ जिल्ला र भारतका विभिन्न जिल्लाका गरी २४० जनाले अध्ययन गर्ने गरेका छन् । सुनाईमा अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।

    विद्यालयले बुटवल तथा भैरहवा आसपासबाट आउने विद्यार्थीहरुका लागि बसको सुविधा रहेको छ भने जिल्लाबाहिरका विद्यार्थीहरुका लागि छात्राबासको सुविधा रहेको छ ।

    २४० जना विद्यार्थीमध्ये १२१ जना विद्यार्थीहरुले आवासीय सुविधा लिइरहेका छन् । यस विद्यालयमा अध्ययन गराउने शिक्षकशिक्षिका भने बहुभाषिक रहेका छन् । बहुभाषिक शिक्षक बनाउनका लागि विद्यालयले ठूलो लगानी गरेको छ । शिक्षकशिक्षिकाहरुलाई सांकेतिक भाषाको विषय अनुरुपको तालिम दिएर पठनपाठनमा पठाउने गरिएको विद्यालयका प्राचार्य भिम बहादुर थापाले जानकारी दिए ।

    Untitled-2aaa.jpg
    बहिरा बाल माध्यमिक विद्यालयका प्राचार्य भिम बहादुर थापा

    तर, विद्यालयमा स्थायी दरबन्दी नहुँदा विद्यालयले समयसमयमा ठूलो समस्या झेल्नु परेको प्राचार्य थापाले जानकारी दिए । ‘बहुभाषिक शिक्षकलाई दुई÷तीन वर्ष लगाएर सांकेतिक भाषाको तालिम दिएर शिक्षक तयार बनायो, स्थायी दरबन्दी नहुँदा सरकारी अवसर पाए विद्यालय छाडेर फ्याट्ट जाने प्रचलन छ, प्राचार्य थापाले भने, ‘यसले हामीलाई निकै समस्यामा पारेको छ ।’
    थापाका अनुसार सरकारले यस विद्यालयमा शिक्षकको स्थायी दरबन्दीको व्यवस्था मिलाउन सके शिक्षणलाई थप प्रभावकारी बनाउन टेवा पुग्ने थियो ।

    विद्यालयमा शिक्षकको दरबन्दी अभावसँगै भौतिक पूर्वाधारको पनि अभाव रहेको छ । शिक्षा गुणस्तरीय भए पनि पूर्वाधारको कमीका कारण आफूहरु समस्यामा परेको उनको भनाइ छ । पूरानो भवनहरु जीर्ण बन्दै गएको कारण एउटा कक्षा कोठालाई बीचबाट बारेर एउटै कोठामा दुईवटा कक्षा सञ्चालन भइरहेका छन् ।

    कक्षाकोठाको अभावमा विज्ञान प्रयोगशाला र पुस्तकालय एउटै कक्षाकोठामा सञ्चालनमा छन् । विद्यालयको पुरानो भवन अत्यन्तै दयनीय अवस्थामा छ । यस्तो अवस्थामा पनि यहाँका बालबालिकाहरुले नेपाल सरकारले निर्धारण गरे अनुसारको पाठ्यक्रम, सांकेतिक भाषा, डिजिटल प्रविधिको सहायतामा अध्ययन गरिरहेका छन् । सुन्न नसक्ने भए पनि यसरी यसरी डिजिटल प्रविधिबाट दृष्य हेरेर पढ्न लेख्न र सिक्न पाउँदा त्यहाका विद्यार्थीहरु भने उत्साहित बनेका छन् । प्राविधिक शिक्षाको लागि हरेक विषयगत शिक्षकलाई एक/एक वटा ल्यापटप पनि उपलब्ध गराएर शिक्षामा थप गुणस्तर ल्याउने प्रयासमा विद्यालय रहेको प्राचार्य थापाले बताए ।

    विद्यालयले यस वर्षबाट कृषिलाई मध्यनजर गर्दै बाली विज्ञान कक्षा सञ्चालनमा ल्याएको छ । अहिले कक्षा ११ मा सुरु गरिएको बाली विज्ञान विषय लिएका विद्यार्थीहरुले फलफूल, तरकारी लगाएका छन् । सीपमूलक शिक्षामा जोड दिने उद्देश्यले विद्यार्थीहरुलाई बाली विज्ञानबारे थुपै्र सीपहरु सिकाइने गरिएको छ । यहाँबाट पढेर निस्केपछि केही सीप लिएर आत्मनिर्भर बनुन भन्ने हेतुले बाली विज्ञान कक्षा सुचारु गरिएको प्राचार्य थापाले जानकारी दिए ।

    विद्यालयमा एक विद्यालय एक नर्स अन्तर्गत रहेर नर्सको पनि दरबन्दी रहेको छ । तर, त्यहाँ कार्यरत नर्सले स्थायी सेवामा नाम निकालेर गएपछि अहिले उक्त पद पनि खाली रहेको छ । विद्यालयले स्वास्थ्य पढाउने शिक्षिकालाई उक्त कार्यका लागि जिम्मेवारी दिएको छ ।

    विद्यालयमा हरेक शुक्रबार अतिरिक्त कार्यक्रम गदै नृत्य, शब्द ज्ञान, शारीरिक विकासको लागि खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम गराउदै आएको छ । यहाँ अध्यनरत सबै बालबालिकाको लागि निःशुल्क बस सेवासहित शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । छात्राबासको सुविधा लिएका सम्पूर्ण छात्रछात्राहरुलाई नेपाल सरकारले दिदै आएको छ । छात्रवृत्तिको रकमबाट व्यवस्थापन गर्दै आएको विद्यालयले जनाएको छ ।

    यहाँ अध्ययनरत सबै बालबालिकाको लागि निःशुल्क बस सेवासहित शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।  छात्राबासको सुविधा लिएका सम्पूर्ण छात्रछात्राहरुलाई नेपाल सरकारले दिदै आएको छ । छात्रवृत्तिको रकमबाट व्यवस्थापन गर्दै आएको विद्यालयले जनाएको छ ।

    school 2.jpg

    फरक क्षमता भएका बाल बहिरा विद्यालयका कक्षा ८ देखि १२ सम्मको नतिजा शतप्रतिशत आएको विद्यालयका प्राचार्य थापाले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले लुम्बिनी प्रदेशमै एउटा मात्र बहिरा बाल बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए । उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफूले वडाबाट भने सक्दो सहयोग गर्दै आएको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij