images

सोमवार, बैशाख १७ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : लुम्बिनी शाक्यन विजयी

ड्रिम युनिक रुपन्देही सुपर लिग : लुम्बिनी शाक्यन विजयी

images
images
images
मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : लुम्बिनी शाक्यन विजयी

    भैरहवा, २९ फागुन ।
    रुपन्देहीको भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले फराजित गर्दै जीत निकालेको हो ।

    images

    टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५७ रनको विशाल लक्षय प्रस्तुत गर्यो । उसका लागि राहत हुसेनले अर्धशतकीय पारी खेल्दै ५९ रन बटुल्दा संदीपसिंह लोधले ४७, अजमत एजाज अलीले २९, अब्दुल रबले २१, विष्णु ठठेरले १९ र बैतुल्लाह खानले १२ रन जोड्न सफल भए । लुम्बिनीले अतिरिक्त मात्रै ५६ रन पाएको थियो । बलिङमा साई ग्लोबलका अभिषेक कोहारले ९.४ ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ वकिेट लिए । यस्तै, मोइन नाउले २ तथा राहुल थापामगर र अलदीप कुँवरले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको साई ग्लोबल ३५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदै अलआउट भयो । उसका लागि प्रयासराज गैरेले ४९, अलदीप कुँवरले ३५, अविजित ज्ञवालीले ३१ र अनुरागविक्रम शाहीले १४ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । उसलाई तल्लो क्रममा रोक्न बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिँदा बैतुल्लाह खानले ३ तथा आकाश गैरे र एजाज अलीले १–१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका राहत हुसेन म्यान अफ द म्याच भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रीम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij