images

सोमवार, बैशाख १७ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

ड्रिम युनिक रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

images
images
images
बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

    भैरहवा, ३० फागुन ।
    मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बुधबारको खेलमा शानदार जीत निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जीत निकालेको हो । साढे दुई दशकको सुपर लिग इतिहासमा यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४९ ओभरको अ‍ेलमा ४७ ओभर २ बलमा सबै विकेट गुमाएर ४ सय ५६ रनको विशाल योगफल बनायो । उसका लागि ९१ बलको सामना गरेका मोहम्मदले २१ चौका र ३ छक्काको मद्दतमा १ सय ४४ रनको पारी खेले । यस्तै, आक्रमक ब्याटिङ गरेका मिथलेशले ८९ रन बनाउँदा अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२, जयप्रताप यादवले अविजित २४, सफ्दरजंग खानले २०, अमनकुमार यादवले १५ र इमरान खानले १४ रन बनाए ।

    बलिङमा बुटवल युथका अनिल चौधरीले ३, प्रविण ढकाल र विनित अधिकारीले २–२ तथा सोनु मल्लाह र अभिषेक पटवाले १–१ विकेट लिए ।

    प्रतिउत्तरमा विशाल लक्षयसहित ब्याटिङमा आएको बुटवल युथ १८ ओभर १ बलमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका मोहम्मद हुसेनले ३, जयप्रताप यादव र अजय त्रिपाठीले २–२ तथा तुसार चौहान र अमनकुमार यादवले १–१ विकेट हात पारे । बुटवल युथका लागि विनित अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए पनि अन्य ब्याटर चल्नै सकेनन्, जसले गर्दा टीम भारी रन अन्तरले पराजित भयो । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन म्यान अफ द म्याच घोषित भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij