२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाजद्वारा शैक्षिक सामग्री वितरण

बुधवार , फाल्गुण ३०, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ३० फागुन ।
    अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । स्थापनाकालदेखि सामाजिक काममा सक्रिय यस संस्थाले बुधवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ स्थित भुजौली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

    उक्त विद्यालयमा अध्ययनरत १ सय बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए । समाजका अध्यक्ष भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष दिलिप कुमार यादव, निमित्त प्रधानाध्यापक मीना पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश यादव लगायतले बोल्दै समाजले गरेको कामको प्रशंसा गर्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।

    वडाअध्यक्ष यादवले समाजले धेरैको नजर पुग्न नसकेको एवं विभिन्न अभावहरुलाई झेल्दै अगाडि बढिरहेको विद्यालयका विद्यार्थीहरुलाई कापी कलम दिएर अध्ययनको लागि हौसला दिएको बताए । समाजका सचिव राजेन्द्र पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।