२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

ओमसतिया–२ मा खेलकुद सामग्री वितरण

बुधवार , फाल्गुण ३०, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ३० फागुन । 
    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले वडामा रहेका युुथ क्बल अफ पडसरी, द राइजिङ्ग क्बल अफ वर्दिहवा र कर्मज्योती युुथ क्बललाई बुधबार खेलकुद सामग्री वितरण गरेको छ ।

    चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले तीनवटा टीमका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको हो । ओमसतिया–२ का वडाअध्यक्ष सितल जि.टी.को प्रमुख आतिथ्यतामा भएको खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सदस्य विक्रम यादव, राजकुमारी चौधरी, सुधा हरिजन र कलाधर लम्सालले खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । 

    साथै वडा कार्यालयले गाउँगाउँमा पुगेर खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको वडाअध्यक्ष जि.टी.ले बताए ।