images

सोमवार, बैशाख १७ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : शंकरनगरको जीत

ड्रिम युनिक रुपन्देही सुपर लिग : शंकरनगरको जीत

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : शंकरनगरको जीत

    भैरहवा, १ चैत ।
    ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई पराजित गर्दै जीत हात पारेको छ । शंकरनगरले लुम्बिनीमाथि २ विकेटको जीत निकालेको हो ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर ११० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खानले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेर्डन राखेर ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बस्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय १३ रन बनायो र जीत निकाल्यो । उसको जितमा रौनक श्रीवास्तवले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खान र आकाश गिरीले समान २–२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij