२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

तातो हावा लु प्रतिकार्य कार्यदलको बैठक सम्पन्न

बिहिवार , चैत्र १, २०८०

  • 745
    Shares
  • 745
    Shares
  • भैरहवा, १ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गतको तातो हावा लु प्रतिकार्य योजना निर्माण गर्ने कार्य सिद्धार्थनगर नगरपालिकाको अगुवाइमा अमेरिकन रेडक्रसको प्राविधिक तथा आर्थिक सहयोगमा सुरुवात गर्ने निर्णय गरेको छ 

    तातो हावा लु प्रतिकार्यका लागि आवश्यक तथ्यांक साथै प्रतिकार्य योजनाका लागि पनि आवश्यक तथ्याकंहरु संकलन गर्ने कार्य रेडक्रस अभियानबाट सुरुवात भइसकेको र सिद्धार्थनगरको अगुवाइमा सो कार्यसम्पन्न गर्ने निर्णय बैठकले गरेको कार्यदलका संयोजक यादव सापकोटाले बताए ।

    कार्यदल संयोजक यादव सापकोटाको अध्यक्षतामा बसेको बैठकले कार्यदलको गतिविधिहरु अझ प्रभावकारी बनाउन गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी र सञ्चारकर्मी शंकर पाण्डेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

    बैठकमा दामोदर शर्मा घिमिरे, चेतनशील लम्साल, गीतादेबी न्यौपाने, साकार श्रेष्ठ, गौरव ढकाल, तेज कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।