२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मर्चवारमा ट्याक्टर पल्टिदा १५ बढी घाइते

बिहिवार , चैत्र १, २०८०

  • 769
    Shares
  • 769
    Shares
  • भैरहवा, १ चैत ।
    रूपन्देहीको मर्चवारमा पुजाको लागि जल भर्न गएको ट्याक्टर पल्टिदा १५ जना भन्दा बढी घाइते भएका छन् । कोटहीमाई गाउँपालिका–७ कटयाबाट कोटहीमाई–५ दुईमोहानमा जल भर्न गएको लु १ त ५५४७ नम्बरको ट्याक्टर पल्टेको इलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । 

    घाइते भएका सबैलाई उपचारका लागि भैरहवास्थित भीम र सिद्धार्थनगर सिटी अस्पतालमा पुर्याइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । घाइतेको संख्या बढ्ने क्रम रहेको उनले जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए ।