२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

दुर्गा वेद वेदाङ्ग विद्यापीठका प्राचार्य भट्टराइलाई ब्यास विभूषण

शुक्रवार , चैत्र २, २०८०

  • 679
    Shares
  • 679
    Shares
  • भैरहवा । श्री दुर्गा वेद वेदाङ्ग विद्यापीठ दुर्गानगरका प्राचार्य नारायणप्रसाद भट्टराई सहित चार जनालाई ब्यास विभूषण पदकले विभस्षित गरिएको छ । 

    विद्यापीठले आयोजना गरेको पितृमुक्ति तथा विश्वशान्ति अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अबसरमा भट्टराई सहित चार जनालाई ब्यासाचार्य बनाईएको हो । 

    ब्यास विभूषणबाट बिभूसित हुनेमा बिमल पौडेल, बालकृष्ण शरण उपाध्याय र विष्णु पौडेल रहेका छन् । 

    श्रीमद्भागवत महापुराणलाई सम्पूणर् अध्ययन पश्चात् विद्वत सभामा विद्वान्हरुको अगाडी कथा प्रवचनको साथमा विद्वत मण्डलीले उठाएका शंका तथा प्रश्नहरुको शास्त्रीय ढंगबाट समाधान तथा उत्तर दिन सक्नेलाई यो पदवीबाट सम्मानित गर्ने गरिन्छ ।