
मंगलवार , फाल्गुण ४, २०७७
बुटवल, ४ फागुन ।
लाफा समुहको आयोजनामा फागुन ६ र ७ गते फुटसल प्रतियोगिता हुने भएको छ । फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ को तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताको खेल संयोजक प्रविन थापा दर्लामीले टिम दर्ता, पुरस्कार सौजन्य लगायतको सबै काम पूरा भएको बताए । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको उनले बताए । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए । त्यसै गरी उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विधाका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ । यसैबीच आयोजक र पत्रकारबीच मैत्रीपूर्ण प्रतियोगिता समेत गरिने उनले बताए । लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij