images

सोमवार, बैशाख १७ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : ज्ञानोदय क्रिकेट क्लबलाई सफलता

ड्रिम युनिक रुपन्देही सुपर लिग : ज्ञानोदय क्रिकेट क्लबलाई सफलता

images
images
images
शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : ज्ञानोदय क्रिकेट क्लबलाई सफलता

    भैरहवा, २ चैत ।
    भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को शुक्रबारको खेलमा ज्ञानोदय क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय २६ रनको बलियो स्कोर खडा गर्याे । उसका लागि प्रतीक भट्टराईले ४४, प्रतीक केसीले ३६, प्रवेश सारुले ३१, मनिष पौडेलले २८, निशान्त शर्माले २५ र लक्ष्मण खत्रीले ११ रन बनाए । बलिङमा गोलपार्कका रिक्की पुनले ४, प्रदीप भण्डारी र ईश्वर क्षेत्रीले २–२ तथा सन्देश भण्डारी र आषिश लोहनीले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङमा आएको गोलपार्क २१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा ज्ञानोदयका लक्ष्मण खत्रीले ६ ओभरमा २ मेर्डन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । यस्तै, नवीन भट्टराई, युवराज सेन र सम्राट थापाले समान १–१ विकेट लिए । गोलपार्कका ईश्वर क्षेत्रीले ५९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरले हार ब्यहोर्याे । ज्ञानोदयका लक्ष्मण खत्री म्यान अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij