images

शनिवार, बैशाख १५ गते २०८१

शासन र संविधान जनताको अधिकारका लागि हुनुपर्छ : राजेन्द्र महतो

शासन र संविधान जनताको अधिकारका लागि हुनुपर्छ : राजेन्द्र महतो

images
images
images
शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • शासन र संविधान जनताको अधिकारका लागि हुनुपर्छ : राजेन्द्र महतो

    भैरहवा, २ चैत ।
    राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले नेपाल सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरु रहेको दावी गरेका छन् । उनले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताए ।

    images

    राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको सम्वाद कार्यक्रम नेता महतोले यस्तो बताएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गरेका नेता महतोले भैरहवामा यस्तो धारणा राखेका हुन् ।

    Rajendra mahato 2.jpg

    उनले भने, ‘अब अरुको अधिकारमाथि डकैती हुँदैन । जति भयो धेरै भयो । अब सैह्य हुँदैन । नेपाली जनता यो भन्दा गरीब हुन सक्दैन । कराडौं नेपाली विदेशिएका छन् । बुढाबुढीको देश भएको छ ।’

    पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले शासन र संविधान मुलुकको समृद्धि, जनताको अधिकार र पहिचानका लागि हुनुपर्ने बताए । उनले भने, ‘तर, यो देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भयो । ’ 

    शासन र संविधान जनताको लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुलराष्ट्रिय राज्य स्थापनाबाहेक अरु कुनै उपाय नरहेको महतोले दावी गरे । उनले बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेकोमा जोड दिए ।

    उनले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त नगर्न सक्ने बताए । उनले भने, ‘एकल चिन्तन सोच राख्ने सरकारले त्यो शक्तिलाई परास्त गर्दैन र त्यो शक्तिले जित्छ । अब देशको जनता जित्छ । नेपाल सबै नेपालीका लागि बनाउनुपर्छ। ’ 

    पूर्व कृषिराज्य मन्त्री तथा अभियानका नेता ओमप्रकाश (गुल्जारी) ले राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मधेशको मात्र नभइ सबैका लागि आवाज उठाउने बताए । उनले भने, ‘शासक वर्गले जसलाई उपेक्षित र भेदभाव गरेको छ । उहाँहरुको अधिकारका लागि लडाई हुनेछ ।’ 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij