२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मिनाक्षी आई केयरको शाखा अब भैरहवाको मिलनचोकमा

शुक्रवार , चैत्र २, २०८०

भैरहवा, १ चैत ।
मिनाक्षी आई केयर भैरहवाको शाखा मिलनचोक सिद्धार्थनगरमा सिटी क्लिनिकका रुपमा शुभारम्भ भएको छ । विगत लामो समयदेखि नेत्ररोग विशेषज्ञका रुपमा विभिन्न आँखा अस्पतालहरुमा काम गर्दै आएका डा. कौशल श्रेष्ठले सो क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।

बिहीबार एक कार्यक्रमकाबीच सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सिटी क्लिनिकको उद्घाटन गर्दै उनले नयाँ व्यवसायको सेवामूलक भावनाको सफलताको शुभकामना दिए । उनले सबैलाइ पायक पर्ने ठाउँमा आँखा चेकजाँच गर्ने अवसर मिलाउने कामको प्रशंसा गरे ।

क्लिनिक सञ्चालक डा.कौशल श्रेष्ठले आम नागरिकको सुविधालाई मध्यनजर गरी सेवा गरिने बताए । उनले आँखा संवेदनशील अंग भएकोले सुरक्षित र स्वास्थ्य लाभ गर्न सबैमा आग्रह गरे ।

431125855_3743183229236859_1667848257357508265_n.jpg

कार्यक्रममा संजय बेरीवाल, दिपेन्द्र प्रधान, पुर्णप्रसाद श्रेष्ठ, मिनाक्षी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।