२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

हिन्दु राज्यको माग

मंगलवार , फाल्गुण ४, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, ४ फागुन ।
    रुपन्देहीमा विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक सुरु भएको छ । समितिका १ सय ८ केन्द्रीय पदाधिकारी, सदस्यसहितको देशभरका प्रतिनिधिहरुको मंगलबारदेखि स्वामी नारायण मुक्तिनाथ धाममा बैठक सुरु भएको हो । 

    बैठकमा बोल्ने सहभागीहरुले नेपालमा हिन्दु राज्य फर्काउन एकमत रहेको दावी गरेका छन् । धामका पिठाधिस १००८ लोकानन्द स्वामीले उद्घाटन गर्दै व्यक्ति, समाज हुँदै विश्व सञ्चालन गराउने वैज्ञानिक विधिका रुपमा आध्यात्मिक शिक्षा महत्वपूर्ण रहेको बताए । आध्यात्मिक चिन्तनबाट नै समाजमा परिवर्तन आउने दावी गर्दै उनले सनातन हिन्दु वैदिक शिक्षा प्रदान गर्ने गुरुकुल बनाउने गरी योजना ल्याउन सुझाव दिए । 

    धर्म र संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय संस्थाका रुपमा रहेको महासंघलाई अगाडी बढाउन समेत शुभकामना दिए । कार्यक्रममा सांसद देवेन्द्रराज कंडेल, केन्द्रीय उपाध्यक्ष बेनबहादुर पौडेलले हिन्दुराज्य फर्काउने मुख्य उद्देश्य अनुरुप आफुहरु एकमत भएर अघि बढ्ने बताए । हिन्दुराज्य निर्माणका लागि मेची महाकाली जागरण अभियान चलाउने एजेन्डालाई अगाडी बढाएको महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले बताए ।