images

सोमवार, बैशाख १७ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : बुद्ध ६१ रनले विजयी

ड्रिम युनिक रुपन्देही सुपर लिग : बुद्ध ६१ रनले विजयी

images
images
images
आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : बुद्ध ६१ रनले विजयी

    भैरहवा, ४ चैत ।
    बुद्ध क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को शनिबारको खेलमा जीत हासिल गरेको छ । बुद्धले बुटवल राइनोजलाई ६१ रनले पराजित गर्दै जीत दर्ज गरेको हो ।

    images

    सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरमा ३३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ५१ रनको स्कोर खडा गर्यो । उसका लागि दीपक डुम्रेले ८१ रनको अर्धशतकीय पारी खेले । यस्तै, अमित अग्रहरी र कमल परियारले समान १२–१२ रन जोडे । बलिङमा बुटवल राइनोजका शिव कुँवरले ४ तथा सुरज सारु, जितेन्द्र साहनी, सलाउद्दिन खान, सन्देश ज्ञवाली र नितिन त्रिपाठीले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि शैलेन्द्र यादवले २८ तथा सुभम घमालले १९ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका कमल परियार र सुभाष भण्डारीले समान ४–४ तथा दीपक डुम्रेले १ विकेट लिए । दीपक खेलमा म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij