images

बिहिवार, बैशाख २७ गते २०८१

गोविन्द पौडेलको निधनले एक असल संगठक गुमायौं : एमाले रुपन्देही

गोविन्द पौडेलको निधनले एक असल संगठक गुमायौं : एमाले रुपन्देही

images
images
images
आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • गोविन्द पौडेलको निधनले एक असल संगठक गुमायौं : एमाले रुपन्देही

    रुपन्देही, ४ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले पार्टीका जिल्ला कमिटी सदस्य गोविन्द पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आइतबार एक शोक विज्ञप्ती जारी गर्दै एमाले रुपन्देहीले पौडेलको निधनले एमाले रुपन्देही स्तब्ध भएको उल्लेख गर्दै पार्टीले एक असल र इमान्दार संगठक गुमाउनुपरेको उल्लेख गरेको छ । 

    images
    images
    images

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी शोक विज्ञप्तीमा स्वर्गीय पौडेलले विभिन्न संघ–सस्थामा रहेर सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले पार्टी र समाजप्रति गरेको योगदान सधै चिरस्थायी रहने उल्लेख गरिएको छ । 

    विज्ञप्तीमा यस दुःखद घडीमा स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । स्वर्गीय पौडेल सिंगो पार्टी पंक्तिमाझ ईमान, निष्ठा र आदर्शका प्रतिमुर्ति भएको एमाले रुपन्देहीले जनाएको छ । 

    केही वर्षदृखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका पौडेलको ७० वर्षको उमेरमा शनिबार (हिजो) तिलोत्तमा नगरपालिका वडा नम्बर ५ प्रभातपथस्थित निवासमै निधन भएको थियो । स्वर्गीय पौडेल सिंगो पार्टी पंक्तिमाझ ईमान, निष्ठा र आदर्शका प्रतिमुर्ति रहेको एमाले रुपन्देहीले जनाएको छ । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij