images

सोमवार, बैशाख १७ गते २०८१

कोटिहवा स्केट पार्क सञ्चालनमा

कोटिहवा स्केट पार्क सञ्चालनमा

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • कोटिहवा स्केट पार्क सञ्चालनमा

    भैरहवा, ५ चैत ।
    स्केटिङ्ग प्रेमीहरुका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा कोटिहवा स्केट पार्क सञ्चालनमा आएको छ । स्केटिङ्ग प्रेमी र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित उक्त प्रतिष्ठान वि.एन.सी. ग्रुपले सञ्चालनमा ल्याएको हो । 

    images

    वि.एन.सी. ग्रुपको लगानीमा सञ्चालनमा आएको यो प्रतिष्ठान पाँचौं शाखाको हो । यसअघि ग्रुपले रुपन्देहीको भैरहवा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट, रुपन्देहीको अमुवा र स्याङ्जाको वालिङमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

    स्केटिङ्ग खेलले मनोरञ्जनका साथै शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्ने सञ्चालक चन्द्रकान्त भट्टराईले बताए । उनले पछिल्लो समय मानिसहरु मोबाइल गेम तथा भर्चुअल गेममा भुल्ने गरेका कारण शारीरिक व्यायाममा कमी देखिएको बताउँदै स्केटिङ्ग मानिसको शारिरीक व्यायामको लागि पनि अति उत्तम रहेको बताए । 

    IMG_0581.JPG

    करिब ४० लाख लगानीमा सञ्चालनमा ल्याइएको उक्त प्रतिष्ठानमा स्केटिङ्ग गर्न चाहिने स्केट, प्रशिक्षकसहितको सुविधा रहेको छ । यस खेलसम्बन्धी जानकार नै नभएकाले पनि यस खेल सिक्न र जान्न सक्ने उनले बताए । एकैपटक ४० जनासम्म खेल्न सक्ने स्केट हलमा हाल प्रतिघण्टा प्रतिव्यक्ति १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । आगामी दिनमा थप पूर्वाधारसहित यसलाई विस्तार र परिस्कृत गर्दै लैजाने सञ्चालक भट्टराईले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij