images

सोमवार, बैशाख १७ गते २०८१

कबड्डी प्रतियोगिताको उपविजेता बुटवलको टीमलाई सम्मान

कबड्डी प्रतियोगिताको उपविजेता बुटवलको टीमलाई सम्मान

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • कबड्डी प्रतियोगिताको उपविजेता बुटवलको टीमलाई सम्मान

    बुटवल, ५ चैत ।
    भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपविजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो ।

    images

    सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपविजेता टोलीलाई उचित सम्मान दिइने बताए । उनले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताए । उनले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताए ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताइन् ।

    नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मिहिनेतका साथ उपविजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताए ।

    कबड्डी प्रशिक्षक महेन्द्र सुनारले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र आगामी दिनमा खेललाई अझै सुधार गरेर सर्वोत्कृष्ट हुने बताए। टीम क्याप्टेन सिर्जना थारुले बुटवल उपमहानगरपालिकाको नेतृत्व गरेर भाग लिन पाउँदा खुशी लागेको बताइन् ।

    भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिकाको टीम पराजित भएको थियो । प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij