images

आइतवार, बैशाख २३ गते २०८१

ड्रिम युनिक रुपन्देही सुपर लिग : देवदह विजयी

ड्रिम युनिक रुपन्देही सुपर लिग : देवदह विजयी

images
images
images
मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • ड्रिम युनिक रुपन्देही सुपर लिग : देवदह विजयी

    भैरहवा, ६ चैत ।
    ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबमाथि जीत निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदहले बुद्धमाथि ६ विकेटको जित हात पारेको हो ।

    images
    images
    images

    टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४० ओभर २ बल खेल्दै १ सय ८२ रन जोड्दा अलआउट भयो । उसका लागि सलिम अलीले ४३, दीपक डुम्रेले ३९, सुरज गुरुङले ३०, सुरज पौडेलले २६ र कमल परियारले २५ रन बनाए । बलिङमा देवदहका सुरज खड्काले ४, रोशन गौतमले ३ तथा शिव ज्ञवाली, ध्रुव सोनार र अर्जुन रायमाझीले समान १–१ विकेट लिए ।

    जवाफमा १ सय ८३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको देवदह ३३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १ सय ८६ रन बनायो र सहजै जीत निकाल्यो । उसको जितमा धु्रव सोनारले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रोशन गौतमले ३३, अर्जुन रायमाझीले २६, विक्की कार्कीले नटआउट २३ र संकेत भट्टराईले २२ रनको महत्वपूर्ण योगदान दिए । बलिङमा बुद्धका कमल परियार, अमित अग्रहरी र सुरज पौडेलले समान १–१ विकेट हात पारे । देवदहका रोशन गौतम प्लेयर अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij