
शुक्रवार , चैत्र ९, २०८०
भैरहवा, ९ चैत ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको दोस्रो श्रृंखला शुक्रबार सम्पन्न भएको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।
उनले प्रत्येक शुक्रबार यो तालिम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरस्थित संगठनको सभाहलमा हुने जानकारी दिइन् ।
तालिमको संगठनका सल्लाहकार प्रकाश श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता तालिमले धेरै कुरा सिक्ने अवसर प्रदान गर्ने बताए । तालिमको प्रमुख प्रशिक्षक विजय पाण्डेले सहजीकरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij