२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु

शुक्रवार , चैत्र ९, २०८०

भैरहवा, ९ चैत । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालले स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरेसँगै एक महिलाको अपरेशन समेत गरिएको छ । 

रुपन्देहीकी ६५ वर्षिय एक महिलाको बायातर्फको स्तन क्यान्सरको सफल रुपमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

वरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ (सर्जन) डा.सन्जय पाण्डे, एनएसथेसियोलोजिष्ट डा. सुरेन्द्र कुंवर र डा. समिर आर्चायले लगाएतको डाक्टरहरुको टीमले शल्यक्रिया गरेको सर्जरी विभाग प्रमुख डा.भुवन पौडेलले जानकारी दिए। 
डा.पाण्डे विगत लामो समयदेखि स्तन क्यान्सर रोग विशेषज्ञको रुपमा काम गर्दै आएका छन् । उनले पैसाको अभावमा औषधी उपचारमा समस्या नआओस् भन्नका लागि डिल्ली माया मेमोरियल स्तन क्यान्सर फाउण्डेसन खोलेर सेवा प्रदान गर्दै आएका छन् ।