२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नवलपरासीका जेसीज शाखाहरुद्धारा भारतको जेसीआई गोरखपुर मिडटाउनसँग अन्तरक्रिया

शुक्रवार , चैत्र ९, २०८०

परासी, ९ चैत । 
नेपाल र भारतका जेसीज युवाहरुबीच आपसी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भारतको गोरखपुरमा सम्पन्न भएको छ । पश्चिम नवलपरासीमा रहेका पाँचवटा जेसीज शाखाहरुको आयोजनामा भारतको गोरखपुरमा क्रियाशील जेसीआई गोरखपुर मिडटाउनसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । 

जेसीजको माध्यमबाट आपसी सद्भाव र भाईचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जेसीआई गोरखपुर मिडटाउनसँग भेटघाट तथा अन्तरक्रिया गर्न नवलपरासीबाट नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, सुनवल जेसीजकी अध्यक्ष सपना शर्मा, रामनगर जेसीजका अध्यक्ष देवु भट्टराई, बर्दघाट जेसीजका निवर्तमान अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२४ का क्षेत्र घ तालिम संयोजक गणेश पाण्डे शिषम र रामग्राम जेसीजका कानूनी सल्लाहकार विष्णुराज रावसहितको टोली भारतको गोरखपुर पुगेको थियो । 

नेपाली जेसीज टोलीलाई जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष मोहित मित्तलसहितका पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका थिए । दुई देशका जेसीज शाखाहरुको भेटघाटमा बोल्दै नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष सन्दिप अग्रहरीले यसप्रकारको कार्यक्रमले नेपाल र भारतका जेसीज युवाहरुबीचको सम्बन्ध विस्तार, भाईचारा र बन्धुत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । जेसीजको माध्यमबाट नेपाल र भारतका युवाहरुबीच आपसी सहकार्य, समन्वय र सम्बन्ध थप मजबुत बनाउन दुवै देशका युवाहरु अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।  

जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष मोहित मित्तलले नेपाल र भारतबीच परम्परादेखि नै विशेष सम्बन्ध रहँदै आएको उल्लेख गर्दै जेसीजको माध्यमबाट आपसी भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । जेसीआई गोरखपुर मिडटाउनले सोही दिन आयोजना गरेको होली उत्सव समारोहमा पनि नेपाली जेसीज टोलीको सहभागीता रहेको थियो ।