२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

अखिल नेपाल पिछडावर्ग महासंघ नवलपरासीको अध्यक्षमा रमेश यादव

शुक्रवार , चैत्र ९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ९ चैत ।
    नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग महासंघ (ओबीसी) जिल्ला कमिटी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रथम जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले रमेश प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

    ओबीसीका केन्द्रीय सचिवालय सदस्य संजय कुमार गुप्ताका अनुसार कमिटीको उपाध्यक्षमा दिनेश सहानी, सचिवमा इन्द्रेश गुप्ता, उपसचिवमा रामजस यादव, र कोषाध्यक्षमा पौरखा यादव रहेका छन् । त्यस्तै सदस्यहरुमा गोविन्द अग्रहरी, निराजन कुर्मी, रमेश कुर्मी, उमेश सहानी, सुवास गौड, उमेश सहानी र सुनिता कोहार रहेका छन्।

    ओबीसीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिङगला यादव, दिनेश यादव, लक्ष्मी केसी, डोलराज भण्डारी, धनेश्वरी चौधरी, दिनेश सहानी लगायतले भनाइ राखेका थिए । सुरज यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।