images

शनिवार, बैशाख १५ गते २०८१

क्रिकेट खेलले नेपालको गरिमा बढाएको छ : छविलाल विश्वकर्मा

क्रिकेट खेलले नेपालको गरिमा बढाएको छ : छविलाल विश्वकर्मा

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • क्रिकेट खेलले नेपालको गरिमा बढाएको छ : छविलाल विश्वकर्मा

    भैरहवा, ११ चैत ।
    नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले आज खेल क्षेत्र त्यसमा पनि क्रिकेट खेलले नेपालको गरिमा र प्रतिष्ठा बढाएको बताएका छन् । उनले क्रिकेट खेलले छुट्टै एउटा गरिमा बढाएको यो सबैको निम्ति गौरवको विषय भएको बताए ।

    images

    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरस्थित श्रीराम जानकी रंगशालामा शनिबार अध्यक्ष कप–२०८० (क्रिकेट प्रतियोगिता) को उद्घाटन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने, ‘समूह खेलमध्ये क्रिकेटले धेरै राम्रो र उत्साहजनक सफलता हासिल गर्दै आएको छ । रुपन्देहीका खेलाडीहरुले विभिन्न समयमा राम्रो सफलता हासिल गरेका छन् । ’

    आफू खेल क्षेत्रमा लामो समय संलग्न भएकाले यसको मर्मको बारेमा जानकार रहेको उनको भनाइ थियो । खेल क्षेत्रबाटै भविष्य सुनिश्चित हन सक्ने प्रयाप्त सम्भावना रहेको नेता विश्वकर्माले बताए ।

    पूर्वमन्त्री समेत रहेका विश्वकर्माले खेलकुद प्रतियोगिताको माध्यमबाट र आफ्नो खेल प्रदर्शनमार्फत खेलाडीहरु अगाडि बढ्न सक्ने बताए । उनले वर्ष रुपन्देही क्रिकेट संघसँग सहकार्य र विमर्श गरेर सम्भावना भएका खेलाडीहरुलाई तालिम (प्रशिक्षण) दिनुपर्नेमा जोड दिए । उनले प्रतिष्पर्धामा सफलता र असफलता हुने भन्दै प्रतिष्पर्धामा सामेल र राम्रो प्रदर्शन गर्ने कुरा महत्वपूर्ण रहेको बताए । 

    रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका विश्वकर्माले खेल क्षेत्रका लागि पूर्वाधार र खेलाडीलाई प्रशिक्षण आवश्यक रहेको र त्यसतर्फ आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत तिलोत्तमामा निजी क्षेत्रको लगानीमा क्रिकेट खेलमैदान बनेको छ । राम्रो गुरुयोजना बनाएर तीनै तहका सरकारले सहकार्य गर्दै अघि बढ्नुपर्छ । सहकार्यको दायरालाई अझ अगाडि बढाउनुपर्छ ।’
    सबै मिलेर खेलको प्रवद्र्धन गर्न सकिए खेलाडीको भविष्य राम्रो बनाउन सकिने उनले बताए ।

    त्यस्तै ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले खेलप्रति युवाहरुको रुची बढाउन अध्यक्ष कप–२०८० आयोजना गरिएको बताए । उनले आगामी दिनमा यो प्रतियोगितालाई अझ व्यवस्थित बनाउँदै जाने बताए । उनका अनुसार ६ वटै वडाका ६ टीम र पालिकाका अन्य २ गरी ८ टीमले प्रतियोगितामा भाग लिएको जानकारी दिए । उनले यसैबाट पालिकास्तरीय टीम बनाई अन्य स्थानमा खेलाइने तथा त्यसको सम्पूर्ण व्यवस्थापन पालिकाले नै गर्ने बताए ।

    त्यस्तै गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल)ले आफ्नो कार्यकालमा पनि अध्यक्ष कप क्रिकेट प्रतियोगिता आयोजना गरेको स्मरण गरे । उनले पछिल्लो समय क्रिकेटको क्रेज बढेको र संसारभर क्रिकेट प्रतियोगितालाई प्राथमिकता दिइएको बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले खेलप्रेमी युवाहरुको मनोभावनालाई बुझेर क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले क्रिकेट संघसँग सहकार्य गरेर खेलाडीहरुको अफिसियल रेकर्ड भए ती खेलाडीलाई जिल्ला, प्रदेश छनौट प्रतियोगितामा समावेश गर्न सकिने बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij