images

आइतवार, बैशाख १६ गते २०८१

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाण्डाै, ११ चैत । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    images

    आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाश चन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली थियो ।

    सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कानून व्यवसायीमा रुपमा लागेको सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका थिए । त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

    दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    उपमहासचिव ज्ञवालीले भने, ‘यो बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, त्यस्तै गरी बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारी जो हाम्रो पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

    उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरु पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सदभावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ । यस बाहेक बैठकले अस्ती मात्रै मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमला, जसमा १३० जना भन्दा बढि निर्दोष नागरिकहरुको ज्यान गएको छ । त्यसको निन्दा र भत्सर्ना गरेको छ ।

    यसका अतिरिक्त विगत बैठकमा पार्टीका केन्द्रिय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो । त्यो राजीनामा स्विकृत पनि गरेको थियो पार्टीले । पछि उहाँले फेरी सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हुनाले पार्टीको विधानको धारा ६५ अनुसार उहाँलाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

    यस बाहेक आज होलीकै दिन बैठक बसेको हुनाले सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा होलीको शुभकामना पनि पार्टीको तर्फबात व्यक्त गरिएको छ ।’

    एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उनले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij