images

आइतवार, बैशाख १६ गते २०८१

रूपन्देही सुपर लिग : प्रोफेसनलमाथि सैनामैनाको जीत

रूपन्देही सुपर लिग : प्रोफेसनलमाथि सैनामैनाको जीत

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • रूपन्देही सुपर लिग : प्रोफेसनलमाथि सैनामैनाको जीत

    भैरहवा, ११ चैत ।
    सैनामैना क्रिकेट क्लब भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुप रलिग’ एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’ खेलमा विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ५ विकेटले पराजित गर्दै विजयी भएको हो ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरमा ४६ ओभर ४ बल खेल्दै १ सय ८७ रनमा अलआउट भयो । उसका लागि सफदर खानले ४४, आदित्य त्रिपाठीले ३६, मोहम्मद हुसेनले २९, मिथलेश यादवले २४, अमन यादवले १५ र इमरान खानले ११ रन बटुले । बलिङमा सैनामैनाका गोपाल शर्मा र सुनिल पौडेलले समान ३–३ तथा गणेश गौतमले २ र प्रदीप सुवेदीले १ विकेट हात पारे।

    जवाफी ब्याटिङ गरेको सैनामैनाले ३७ ओभर २ बलमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जीतमा सुजन क्षेत्रीले ६४ रनको अर्धशतक इनिङ खेले । उनले १० चौका र १ छक्का हिर्काए । 

    यस्तै, सुनिल पौडेलले अविजित ३०, गाणेश घिमिरेले २७, प्रदीप सुवेदीले २१, निशान क्षेत्रीले १५ र मनिष क्षेत्री १२ रनको योगदान दिए । बलिङमा प्रोफेसनल मास्टर्सका तुसार चौहानले ३ तथा मोहम्मद हुसेनले २ विकेट लिए । खेलमा सैनामैनाका सुनिल पौडेल म्यान अफ द म्याच भई एक हजार २ सय रुपैयाँ हात पारे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । 

    आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij