२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तेक्वान्दो प्रशिक्षक कहारलाई पाँचौ डान प्राप्त

आइतवार , चैत्र ११, २०८०

  • 775
    Shares
  • 775
    Shares
  • भैरहवा, ११ चैत ।

    राईजिङ स्टार तेक्वान्दो डोजाङ भैरहवाका प्रशिक्षक रामप्रसाद कहारलाई २१ औं ब्याचको पाँचौ डान (ब्लाक बेल्ट पाँचौ डान) प्राप्त भएको छ । नेपाल तेक्वान्दो संघको काठमाडौं सातबाटोस्थित केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा उनलाई २१ ब्याचको पाँचौ डान ब्यालेकबेल्ट प्रदान गरिएको हो ।

    ग्रेडिङ परीक्षा उत्तीर्ण प्रश्रात दीक्षान्त समारोहमा उनलाई उक्त उपाधि प्रदान गरिएको हो । ७७ वटा जिल्लाबाट २६ जना छनोट हुँदा कहार पनि परेका हुन् । राईजिङ स्टार तेक्वान्दो डोजाङका प्रशिक्षक कहार हुन् । उनी वि.सं. २०५८ सालदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय छन् ।

    kkkll.jpg