
सोमवार , चैत्र १२, २०८०
भैरहवा, १२ चैत ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले २१ औं शताब्दीमा जातीयताको नभइ मानवताको विकास अपरिहार्य रहेको बताएका छन् । उनले मानवताको विकासले नै मुलुकको विकास हुने बताए ।
अग्रहरी सेवा समाज, अग्रहरी युवा मञ्च र अग्रहरी महिला मञ्चले आइतबार भैरहवामा आयोजना गरेको होली मिलन समारोहमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विकसित गर्न यहाँहरुको योगदान अपरिहार्य छ । संस्कृति र संस्कारको संरक्षणमा अग्रहरी सेवा समाजले पुर्याएको योगदान सराहनीय छ ।’
कार्यक्रममा विद्यार्थीहरुले संस्कृति झल्किने नृत्य प्रस्तुतीले कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले भने, ‘म अग्रहरी सेवा समाजलाई धन्यवाद दिन चाहन्छु । कला संस्कृतिको संरक्षणसँग सामाजिक क्षेत्रमा पनि समाजले योगदान पुर्याउँदै आएको छ ।’
अग्रहरी सेवा समाज रुपन्देहीका पूर्वअध्यक्ष जोगेन्द्र अग्रहरीको सञ्चालनमा भएको कार्यक्रममा समाजका अध्यक्ष त्रिभुवन अग्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य गंगासागर अग्रहरी, अग्रहरी युवा मञ्चका अध्यक्ष उमेश अग्रहरी, अग्रहरी महिला मञ्चका अध्यक्ष आरती अग्रहरीलगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij