२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा होलीको दिन सवारी नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

सोमवार , चैत्र १२, २०८०

भैरहवा, १२ चैत ।
होली पर्वमा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ । सोमबार मोटरसाईकल ३११, टेम्पो ३, जीप कार २ र ट्रक १ वटा गरी ३१७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

‘होली पर्व–२०८० लाई आम सर्वसाधारणले सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण वातावरणमा मनाउन सक्ने वातावरण निर्माण गर्ने उद्देश्यअनुरुप जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट प्रहरी टोली खटिएको थियो, ’डीएसपी भट्टले भने ।

प्रहरी टोलीलाई १२८ स्थानमा चेकपोईन्ट राखेर चेकजाँच गर्ने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका सवारीसाधनहरुलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । त्यस्तै १३ जना व्यक्तिलाई पक्राउ गरिएको उनले बताए ।

होली पर्वको दिन सोमबार (आज) रुपन्देहीमा ४ वटा सवारी दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तराई-मधेशमा सोमबार होली मनाइएको छ ।