
बुधवार , फाल्गुण ५, २०७७
बुटवल, ५ फागुन ।
देवदहमा बुधबार भएको फुटबल प्रतियोगितामा रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । पानबारीस्थित खेलमैदानमा भएको निक्कै कडा प्रतिष्पर्धात्मक खेलमो देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि चुमेका हुन् ।
डि युनिटि युथ क्लब देवदहको आयोजनामा जारी दोस्रो देवदह कप प्रतियोगिता अन्तरगत बुधबार देवदह जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच आज फुटबल खेलमार्फत भावनात्मक सम्बन्ध विस्तारको उदेश्यका साथ खेल भएको थियो । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुने आयोजकले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij