२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चौरासी पूजाको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

बुधवार , चैत्र १४, २०८०

भैरहवा, १४ चैत ।
अर्घाखाँचीको साविक ठाडा गा.वि.स.वडा नम्बर ५ खुम्चिकोट (हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगीकुटी) निवासी एक दम्पत्तिले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । 

चौरासी पूजाको अवसरमा भुवानीश्वर भण्डारी तथा उनको श्रीमती उमा भण्डारीले अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ खुम्चिकोटस्थित श्री दरबारे आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक खगिश्वर घिमिरेले बताए ।

विद्यालयमा रु.५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको ‘भुवानीश्वर भण्डारी एवं उमा भण्डारी अक्षयकोष’ स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पौडेलले बताए ।

अक्षयकोष स्थापना गरेको भण्डारी दम्पत्तिलाई विद्यालयले सम्मानपत्रबाट सम्मान गरेको छ । रुपन्देहीमा आयोजित उक्त ककार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.), अक्षयकोषका संस्थापक भुवानीश्वर भण्डारी, उमा भण्डारी, संरक्षक दुर्गाप्रसाद भण्डारी, गंगाधर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सदस्य हेमा बेल्बासे (के.सी.) ले विद्यालयमा अक्षयकोष स्थापना गर्नु सराहनीय कार्य भएको बताइन् । उनले भनिन्, ‘अक्षयकोषको रकमबाट विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारका साथै विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुर्याउँछ । यो पुनित कार्यका लागि अक्षयकोषका संस्थापकलाई धन्यवाद दिन चाहन्छु ।’

samman.jpeg