images

शनिवार, बैशाख १५ गते २०८१

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएन : प्रहरी महानिरीक्षक कुँवर

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएन : प्रहरी महानिरीक्षक कुँवर

images
images
images
बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएन : प्रहरी महानिरीक्षक कुँवर

    काठमाण्डाै, १३ चैत ।  नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । 

    images

    बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक  कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताए ।

    उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए । उनले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए । राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए । 

    उनले भने – ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी ग¥यौँ । रेड कर्नर नोटिश जारी ग¥यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भएपनि मलेसियन सरकार बाध्य भएको छैन ।

    इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझैपनि हामी मेरो तहबाट काम गर्दैछौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन ।’ 

    महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पारे ।

    उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए ।  उनले भने – ‘हामीले स्वभाविक रुपमा यसमा सहजीकरण गरेकै हो ।

    एकदिनमा बयान सकिन्छ भने पक्राउ पुर्जी जारी नगरौँ । तर सरकारी वकिल कार्यालयमै राखेर, सरकारी वकिलकै रोहबरमा बयान चाहीँ गरौँ भन्ने भइसकेपछि , बयान गर्दाखेरी केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि ।

    त्यो कारणले हामी अतिरिक्त सचेत बनेर, संवेदनशील बनेर संसदलाई जानकारी गराएका हौँ । पक्राउ भएको अवस्थामा पनि हामीले जानकारी गराउने कुरा मात्रै हो । संसद सचिवालयबाट यसो गर, उसो गर भनेर दोहोरो लेखापढी हुँदैन  प्रक्रिया यही हो ।  किर्तेमा अहिले पनि अनुसन्धान जारी छ । यो एक वर्षसम्म अनुसन्धान जारी हुन्छ ।’ 

    महानिरिक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उनले कुनै दबाब र प्रभावमा नगरिउको बताए । 

    उनले भने – ‘आयोगको प्रतिवेदन कार्यान्वय गर्ने शिलशिलामा हामी संवेदनशील बन्यौँ । कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हिसावले गयौँ । उहाँको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरल नै हुने भनेका थियौँ ।

    तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ । हामीलाई आभाष भयो । आभाष नभएको कारणले कमसेकम हामीलाई सहयोग नगर्ने हो कि, त्यो अवस्था हुने हो कि रु अहिलेको अवस्थामा यदी सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसावले हामीले त्यो अवस्थामा ल्याएका हौँ ।

    त्यतिबेला उहाँले पिएसओ र गाडी छोडेर हिड्नुभएको छ । अब यो सम्मको संकेत गरिसकेपछि यहाँहरुले अनुमाग गर्न सकिन्छ । पछि छोड्ने विषयको कुरा, पहिले धेरै अनुसन्धान भइसकेका विषय थिए । थप कुराहरु आयोगले औँल्याएका कुराहरुलाई स्पष्ट गर्ने कुरा थिए ।

    त्यसलाई हामीले स्पष्ट ग¥यौँ । अदालतले पनि उहाँको स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर मुद्दाको कारबाही अगाडी बढाउनु भनेको कारण र पछिल्लो अवस्थामा हाम्रो हिरासतमा बस्दाबस्दै अरु घटना हुनसक्ला भन्ने हिसावले पनि हामीले तारिखमा राखेर अनुसन्धान गर्ने भन्यौँ । यसमा कुनै दबाब, प्रभाव, यसो र उसो भन्ने हुँदै होइन ।’ 

    महानिरिक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरुको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताए । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij