images

शनिवार, बैशाख १५ गते २०८१

प्रलय आए पनि अब कांग्रेस कुनै पार्टीसँग मिलेर चुनाव लड्दैन : गगन थापा

प्रलय आए पनि अब कांग्रेस कुनै पार्टीसँग मिलेर चुनाव लड्दैन : गगन थापा

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • प्रलय आए पनि अब कांग्रेस कुनै पार्टीसँग मिलेर चुनाव लड्दैन : गगन थापा

    भैरहवा, १६ चैत ।
    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रलय आए पनि अब कांग्रेसले कुनै पार्टीसँग मिलेर चुनाव नलड्ने बताएका छन् । उनले चुनाव भन्दा अगाडि कुनै पनि पार्टीसँग लसपस नगर्ने दावी गरे ।

    images

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले कांग्रेस कोहीसँग मिलेर चुनाव नलड्ने स्पष्ट पारे । उनले भने, ‘चुनाव भन्दा अगाडि गठबन्धन गर्ने जुन बाटोमा हामी गर्यौ, त्यो ठूलो गल्ती थियो । त्यो कार्यले अहिले पार्टीमा पनि विकृति आयो । सिंगो पद्दतिमा पनि विकृति आयो । महिलालगायत विभिन्न समुदायले पाउनुपर्ने अवसरबाट वञ्चित भए ।’

    उनले एमालेले पनि कसैसँग मिलेर चुनाव नलड्ने विश्वास व्यक्त गरे । महामन्त्री थापाले झिना–मसिना दोकान (पसल) बन्द गराइदिनुपर्ने बताए । उनले भने, ‘नेपालमा दुईवटा पार्टी रहोस् । जुन पार्टीलाई जनताले विश्वास गर्छन् त्यसले पाँच वर्ष सरकार चलाओस् र अर्को प्रतिपक्षमा थपक्क बसोस् । पाँच वर्ष थपक्क बस्ने प्रणाली भयो भने मिश्रित निर्वाचन प्रणाली पनि भल्छ । त्यसै गरी साना–साना दोकान बन्द गर्ने विषयमा कांग्रेसले आँट गर्नुपर्छ।’

    पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता थापाले कांग्रेसले आँट गरे महिला, दलित, जनजातिसहित सबैको प्रतिनिधित्व बढ्ने विश्वास व्यक्त गरे । उनले संविधान जोगाउनु र आम जनतामा भएको निराशा चिर्नुपर्ने आजको कर्म भएको उल्लेख गरे । उनले पार्टीभित्र एकताको आवश्यकता रहेकोमा जोड दिए । उनले २०४८ सालको बहमुत प्राप्त गर्दा त्यसलाई थेग्न नसक्नु कमजोरी भएको भन्दै कमजोरी स्वीकार्दै त्यसलाई सच्याएर जानुपर्ने उनको भनाइ छ ।

    २०४६ देखि २०५१ सालसम्म कांग्रेसले सरकार चलाउँदा जोखिम उठाएर विभिन्न दुर्दशी निर्णयहरु गरेको महामहान्त्री थापाले बताए ।

    IMG_2498.JPG

    कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताहरुले भनाइ राखेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij