images

शनिवार, बैशाख १५ गते २०८१

लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गदै

लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गदै

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गदै

    भैरहवा, १६ चैत ।  तिलोत्तमा -१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका लागि उत्प्रेरणा तथा तनाव ब्यवस्थापन सम्वन्धि कार्यक्रम गर्ने भएको छ ।

    images

    विद्यालयका अभिभावक तथा अन्य गरि सात सय जनालाई उत्प्रेरणामुलक तथा तनाव ब्यवस्थापन कार्यक्रममा सहभागि गराइने विद्यालय संचालक समितिका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए । असल अभिभाकत्व तथा तनाव व्यवस्थापनका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए ।

    १७ गते शनिवारका दिन विश्व प्रख्यात उत्प्रेरक धार्मिक गुरु प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ले उत्प्रेरणामुलक प्रवचन दिनु हुने छ । मानव जीवनको यथार्थ, सरल जीवन यापन र संस्कारयुक्त शिक्षण सिकाई र बुझाई लगायका विषयमा पत्री प्रभुले प्रवचन दिनु हुने विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद ढकालले जानकारी दिए ।

    पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जाँदा अभिभावक र विद्यालयसँगको दुरी बढाउँदै लैजाने गरेको उल्लेख गर्दै यस्ता तालिमले अभिभावक र शिक्षकसँग बालबालिकाको दुरी कम गर्ने प्रिन्सिपल ढकालले बताए ।

    कक्षाकोठामा विषयवस्तुको पठनपाठनसँगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको अध्यक्ष घिमिरे बताउँछन । दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा तीनसय ५० विद्यार्थी अध्ययनरत रहेको उनले बताए । आगामी शैक्षिक सत्रमा साढे ५ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको उनको भनाई रहेको छ ।

    साढे ३ विगाह क्षेत्रमा भौतिक रुपमा सुविधा सम्पन्न रहेको विद्यालयमा ८० करोड लगानी रहेको सल्लाहकार महेन्द्र नारायण श्रेष्ठले बताए ।

    विद्यालयमा पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केट बल कोर्ट रहेका छन् भने पठनपाठन र प्रयोगात्मक सिकाईसँगै, नृत्य, मार्सलआर्ट, म्युजिकमा समेत विद्यार्थीहरुले पठनपाठन गर्दै आएको विद्यालयका भाईसप्रिन्सिपल लजिता शर्माले जानकारी दिए । काठमाडौं भन्दा बाहिर शैक्षिक क्षेत्रमा नयाँपन दिनका लागि विद्यालय संचालन गरिएको विद्यालयले जनाएको छ ।

    रुपन्देहीका १४ जना उद्योगी व्यवसायीहरुको लगानी रहेको विद्यालयमा ८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । पहिलेवर्ष प्ले ग्रुपदेखी सात कक्षा सम्मका विद्यार्थीहरुलाई भर्ना गरिएकोमा गतवर्ष कक्षा आठ र आगामी वर्ष कक्षा ९ सम्मको पठनपाठन गर्ने लक्ष्य विद्यालयले लिएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij