images

शनिवार, बैशाख १५ गते २०८१

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति १८८ रनले विजयी

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति १८८ रनले विजयी

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति १८८ रनले विजयी

    भैरहवा, चैत्र १६ । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘ए’ को खेलमा जित हात पारेको छ । तिरुपतिले जेआर क्रिकेट क्लबलाई १ सय ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ६४ रनको बलियो योगफल बनायो ।

    उसका लागि बलियो स्कोर खडा गर्न यम क्षेत्रीले अविजित ५४ रनको अर्धशतकीय इंनिङ खेले । यस्तै, रोहित थापाले ४५, एजाजुल हकले ३४, कमल विक र तुलबहादुर थापाले समान २५(२५ तथा शुवास खत्रीले नटआउट १६ रनको योगदान दिए ।

    बलिङमा जेआरका संदीप सुनार र विशाल भुसालले २(२ तथा प्रकाश जैशी, सागर गिरी र बिमल भुसालले समान १(१ विकेट लिए ।

    जवाफमा उच्च योगफल पछ्याएको जेआर २४ ओभरमा ७६ रनमै अलआउट भयो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका शुभाष खत्री र आकाश त्रिपाठीले ३(३ तथा रुपेश कुर्मी, यम क्षेत्री, तुलबहादुर थापा र संदीप मौर्यले समान १/१ विकेट लिए ।

    जेआरका प्रकाश जैशीले २२ र विशाल भुसालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम धरासायी भयो । खेलमा तिरुपतिका यम क्षेत्री म्यान अफ द म्यााच भई एक हजार दुई सय रुपैयाँबाट पुरस्कृत भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ ।

    प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij