२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : सभापति लामिछाने

शनिवार , चैत्र १७, २०८०

काठमाण्डाै, १७ चैत । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ ।

शनिवार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो । पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले परिवर्तनको घण्टी बजिसकेको बताए । 

उनले इलामले परिवर्तन खोजेको बताए ।