२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

अध्यक्ष ओलीको विश्वास : उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्छ

शनिवार , चैत्र १७, २०८०

  • 937
    Shares
  • 937
    Shares
  • काठमाण्डाै, १७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

    नेपाली काँग्रेसलाई जिताउन नमिल्ने भन्दै उहाँले एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो । सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । प्रतिष्पर्धा गर्नसक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा काँग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिएपनि त्यस्तो अवस्था नरहेको बताए ।

    अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गर्नुभयो । त्यस अवसरमा उहाँले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।