images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजय

रूपन्देही सुपर लिग : मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजय

images
images
images
शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • रूपन्देही सुपर लिग : मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजय

    भैरहवा, १७ चैत ।
    मिर्नाल गुरुङको शतक, रञ्जित खड्का र भुवन पाण्डेको अर्धशतकको मद्दतमा भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगिता वेष्टर्न क्रिकेट क्लबले शानदार जीत निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्नले बुटवल–११ लाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जीत हात पारेको हो ।
     
    टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५२ रनको उच्च योगफल बनायो । उसका लागि १ सय २८ बलको सामना गरेका मिर्नाल गुरुङले उत्कृष्ट इंनिङ खेल्दै १२ चौकाको मद्दतमा १ सय १६ रनको शतकीय पारी खेले । यस्तै, रञ्जित खड्काले ८१, भुवन पाण्डेले ५५, सुमित श्रेष्ठ र अभिषेक गौतमले १८–१८ तथा दिनेश अधिकारीले १५ रन जोडे । बलिङमा बुटवल–११ का विवेश खाती र तौसिफ आलमले ३–३ तथा एजाज अहम्मद र अशोक पौडेलले समान १–१ विकेट लिए ।

    images
    images
    images

    जवाफमा उच्च योगफलको लक्ष्य पछ्याएको बुटवल ४० ओभर ५ बलमा १ सय ६५ रन बनाउँदै अलआउट भयो । उसलाई न्युन योगफलमा रोक्न वेष्टर्नका सुमित श्रेष्ठले ४, विष्णु पाण्डेले ३ तथा दिनेश अधिकारी, सन्देश थापा र सुप्रिम कँडेलले समान १–१ विकेट लिए । बुटवल–११ का विवेश खातीले अविजित ४५ रन जोड्दा विवेक शर्माले ३६, मनिष न्यौपानेले २४ र अशोक पौडेलले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । खेलमा शतक प्रहार गरेका वेष्टर्नका मिर्नाल गुरुङ प्लेयर अफ द म्याच भए । उनले १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
     
    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij