२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रास्वपाद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर, ७१३ जनाले लिए सेवा

आइतवार , चैत्र १८, २०८०

  • 763
    Shares
  • 763
    Shares
  • भैरहवा, १८ चैत ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका–६ स्थित मर्चवारी मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

    पार्टीको अभियान तथा प्रचार प्रसार, स्वास्थ्य तथा जनसंख्या विभाग लुम्बिनी प्रदेश तथा रास्वपा रुपन्देहीको आयोजनामा शनिबार शिविर भएको पार्टीको सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेले बताए ।

    शिविरमा स्त्रीरोग, बालरोग, हाडर्जोनी, छालारोग, जनरल फिजिसियन सेवा, फिजियोथेरापी, स्वास्थ्य सम्बन्धी परामर्श तथा निःशुल्क औषधी वितरण गरिएको रास्वपा अभियान तथा प्रचार प्रसार विभाग लुम्बिनी प्रदेश प्रमुख महेन्द्र प्रसाद उपाध्यायले बताए ।

    आम जनतामा स्वास्थ्यको पहुँच नाराका साथ शिविर सञ्चालन गरिएको रास्वपा रुपन्देही जिल्ला सभापति डा. बुद्धि प्रसाद शर्माले बताए ।

    शिविरमा ७१३ जना स्थानीयबासीले स्वास्थ्य परीक्षण गराएको रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभाग लुम्बिनी प्रदेश प्रमुख डा. योगेन्द्र अग्रहरीले जानकारी दिए ।

    WhatsApp Image 2024-03-30 at 8.37.09 PM (1).jpeg
    \

    शिविरमा कोटहीमाई गाउँपालिका वडा नम्बर ६ ले सहयोग गरेको थियो ।