images

बिहिवार, बैशाख २० गते २०८१

विकिरण सहकारीद्वारा रक्तदान

विकिरण सहकारीद्वारा रक्तदान

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • विकिरण सहकारीद्वारा रक्तदान

    तिलोत्तमा । तिलोत्तमा १५, कोटिहवामा रहेको विकिरण वचत तथा ऋण सहकारी सस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । 

    images
    images
    images

    अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष डिल्लीराम अर्याल (राजु) ले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी तिलोत्तमा उपशाखा तथा तिलोत्तमा रक्तदाता समाजको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।  

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले सहकारी वचत तथा ऋणको कारोवारसंगै सामाजिक उत्तरदाहित्वका काम पनि गर्दै जानु पर्नेमा जोड दिए । नगरप्रमुख खाणले सहकारीका माध्यमबाट आर्थिक बिकास, गरिवि निवारणसंगै सामाजिक कार्यमा पनि जोडिनु पर्ने बताए ।  

    रगतको अभाव कसैको पनि उपचार प्रभावित हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी सचिव धुर्व पन्थीले जानकारी दिए । सहकारीले प्रत्यक बर्ष रक्तदान लगाएतका सामाजिक कार्य गर्दै आएको सचिव पन्थीले बताए । 

    सहकारीका कोषाध्यक्ष भवानी रानाको स्वागतमा भएको कार्यक्रममा तिलोत्तमा रक्तदाता समाजको अध्यक्ष गोविन्द बन्जाडे लगाएतले बोल्दै रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अभियानको रुपमा सञ्चालन गर्दै लैजाने उल्लेख गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij