images

बिहिवार, बैशाख २० गते २०८१

मधवलियामा भेट्रान तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता

मधवलियामा भेट्रान तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • मधवलियामा भेट्रान तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा भेट्रान तथा सुपर भेट्रान ब्याडमिन्टन प्रतियोगिता भएको छ । मधवलिया ब्याडमिन्टल क्लवको आयोजनामा ४५ बर्ष उमेर माथिका भेट्रान तथा ६० बर्ष उमेर माथिका सुपर भेट्रान समुह वीच प्रतियोगिता गरिएको हो । 

    images
    images
    images

    ब्याडमिन्टन खेल दशैभरी लोकपृय खेलको रुपमा बिकास हुदै गएको छ । सामान्यतया १२ बर्ष उमेरदेखिका खेलाडिहरु ब्याडमिन्टन प्रतियोगितामा भाग लिने गरेका छन् । 
    १२ बर्ष देखि ४५÷५० बर्ष उमेर समुहका खलाडिका लागि प्रयाप्त मात्रामा प्रतियोगिता हुने गरेपनि ५० माथिका खेलाडिका लागि भने त्यती धेरै प्रतियोगिता हुने गरेको छैन् । यही अभाव महशुष गरेर रुपन्देहीको तिलोत्तमामा रहेको मधवलिया ब्याडमिन्टन क्लवले सुपर भेट्रान प्रतियोगिताको आयोजना ग¥यो । 

    जिल्ला स्तरीय प्रतियोगितामा ३५ बटा समुहले भाग लिएका थिए । जस मध्ये १० वटा टिम सुपर भेट्रान खेलाडिका थिए भने बांकि २५ वटा टिममा भेट्रान खेलाडि थिए । 

    मधवलिया ब्याडमिन्टन क्वलका अध्यक्ष केशव चौधरीले ६० बर्ष माथिका खेलाडिको सम्मान तथा खेलाडिहरुको जमघटका लागि प्रतियोगिता आयोजना गरिएको बताए । रुपन्देहीमा ६० बर्ष माथिका खेलाडिहरुको सङख्या भएपनि उनीहरुका लागि अन्य ठाँउमा प्रतियोगिता नभएका कारण आफुहरुले सहभागि गराएको अध्यक्ष चौधरीले बताए ।  

    IMG_5162.JPG

    प्रतियोगितामा ४५ बर्ष देखि ७७ बर्ष सम्मका खेलाडिहरु सहभागि भएका थिए । फरक फरक उमेर समुहका खेलाडिहरु एकै ठाँउमा जम्मा भएर खेल खेल्न पाउदा निकै आनन्द आएको सुपर भेट्रान खेलाडि तथा रुपन्देही ब्याडमिन्टन संघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनले रुपन्देही ब्याडमिन्टल खेलका हवको रुपमा बिकास हुदै गएको उल्लेख गर्दै यस्ता खालका प्रतियोगिताले खेलकुदको बिकासमा महत्वपुर्ण टेवा पु¥याउने उल्लेख गरे । 

    IMG_5141.JPG

    प्रतियोगितामा ४५ बर्ष उमेर समुहमा बुटवल ब्याडमिन्टन क्लवका बिरेन्द्र बिष्ट र धर्म थापा प्रथम भएका छन् । त्यसैगरी मधवलिया ब्याडमिन्टन क्लवका होमकुमार गुरुङ र चेत बलाल दोश्रो भएका छन् भने फिट एण्ड फाईन ब्याडमिन्टन क्लवका बसन्त थापा र सुरज गुरुङ कर्मचार्य तथा तामनगर ब्याडमिन्टन क्लवका सुवाष कर्मचार्य र प्रकाश बन तेस्रो भएका छन् । 

    त्यस्तै ६० बर्ष उमेर समहुको खेलमा बुटवल ब्याडमिन्टन क्लवकै ईन्द्रलाल श्रेष्ठ र पिताम्बर ज्ञवाली प्रथम भएका छन् । प्रतियोगितामा लिला अर्याल र रिषि भण्डारी दोश्रो भएका छन् भने मधबलिया ब्याडमिन्टन क्लवका तारा बहादुर पुन र तुल बहादुर राना तथा भैरहवा ब्याडमिन्टन क्लवका महेन्द्र कुमार श्रेष्ठ र गणेश क्षेत्री तेस्रो भएका छन् । 

    प्रतियोगिताको प्रथम टिमले शिल्ड सहित २० हजार नगद पाएको छ भने दृतियले १० हजार र तृतिय टिमले ५ ब्याडमिन्टन क्लवका हजार प्राप्त गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij