images

मंगलवार, बैशाख १८ गते २०८१

क्यामेरा बोक्ने क्यामराम्यान माइक समात्दै बोल्न सिक्दैछन्

क्यामेरा बोक्ने क्यामराम्यान माइक समात्दै बोल्न सिक्दैछन्

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • क्यामेरा बोक्ने क्यामराम्यान माइक समात्दै बोल्न सिक्दैछन्

    भैरहवा, १८ चैत ।
    प्रतिभाको प्रस्फुटन हुने कुनै उमेर हुँदो रहेनछ भन्दै क्यामेरामा खेल्ने ५३ वर्षीय राजेश पाण्डे अहिले एक नियमित तालिम कार्यक्रममा माइकसँग अभ्यस्त हुन खोजिरहेका छन् । ‘मैले कार्यक्रमको फोटो खिच्दाखिच्दै अहिले माइक समातेर कार्यक्रमको उद्घोष गर्छु । यो अवसर मलाई लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) ले जुरायो, ’उनले भने । भैरहवा निवासी पाण्डे पेशाले फोटोग्राफर हुन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) प्रत्येक शनिबार बिहान ८ देखि साढे १० बजेसम्म सञ्चालन रुपन्देहीको भैरहवास्थित होटेल एसियन बुद्धमा सञ्चालन हुँदै आएको छ ।

    images
    सोहीक्रममा  शनिबार तालिमको १०८ औं श्रृंखला सम्पन्न भएको छ । यो श्रृंखलाका प्रमुख अतिथि सृजनशील मञ्च नेपालका अध्यक्ष तथा एलएसडीटीका सदस्य अनिता थापाले व्यक्तिमा लुकेको लिडरसीपको क्षमता पहिचान गर्नका निम्ति तालिमले महत्वपूर्ण मञ्च प्रदान गरेकोले यसको नियमित सञ्चालन हुनुपर्नेमा जोड दिइन् । 

    कार्यकमका अध्यक्ष विभिन्न संघ–सस्थामा आबद्ध विकास रायमाझीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रम संयोजक अप्सरा शाहीको स्वागत मन्तव्य तथा रीता थापाको सञ्चालनमा भएको तालिमको सहजीकरणमा मंगल भण्डारी र अभिनव मयुर कसौधनले सहयोग गरेका थिए । तालिम अवधिमा हरिश सेठिया, अनुपम गुप्ता, बसन्ता गौतम, पुजा आचार्य, दिनेश गुप्ता र मनिष बनियाले आ–आफ्नो अनुभव सुनाएका थिए ।

    तालिममा कुनै शुल्क लाग्दैन तर एलएसडीटीका सदस्यहरुले स्वेच्छिक योगदान गर्छन् । यस श्रृंखलाको व्यवस्थापनमा पनि श्रृंखलाका पदाधिकारीहरु अप्सरा साही र रीता थापाले गरेको एलएसडीटीका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।

    DSC_4217.jpg

    तालिमको संस्थापक तथा मुख्य प्रशिक्षक एवं प्रस्तोता विजय पाण्डे हुन् । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् । तालिमको सुरुवात संक्षिप्त ध्यानबाट सुरु हुने र व्यवहारिक ज्ञानका आधारमा तालिम सञ्चालन हुने व्यवस्थापन समिति सदस्य त्रिलोकी तेलीले बताए ।

    DSC_4348.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij