२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

गठबन्धनका कारण मुलुक अधोगतितर्फ जाने देखेपछि एमाले सरकारमा गयो : भुमिश्वर ढकाल

आइतवार , चैत्र १८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १८ चैत ।
    नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले गठबन्धनका कारण मुलुक अधोगतितर्फ जाने देखेपछि एमाले सरकारमा गएको दावी गरेका छन् । उनले सरकारमा जाने एमालेको रहर र चाहना नभए पनि सरकार बाहिर रहदा गठबन्धनका कारण मुलुक अधोगतितर्फ जाने देखेपछि गठबन्धन तोडेर सरकारमा गएको बताए ।

    एमाले सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठक तथा नगर कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै केन्द्रीय सदस्य ढकालले यस्तो बताएका हुन् । उनले भने, ‘गत वर्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनायौं र प्रदेशमा माओवादीसँग मिलेर सरकार बनायौं । तर, त्यतिबेला प्रचण्डले हाम्रो सदासयता बुझ्न सक्नुभएन । त्यसपछि हामी प्रतिपक्षमा गयौं ।’

    एमाले सहभागी वर्तमान सरकार लामो समय टिक्दैन कि भन्ने कुरामा सत्यता नभएको उनले दावी गरे ।
    लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका नेता ढकालले यही सरकारलाई टिकाएर लैजाने र सरकारले देश र जनताको पक्षमा काम गर्ने बताए । उनले नेपाली कांग्रेस छिट्टै सरकारमा जान्छ भन्ने ढंगबाट आएका कुरा केवल दिगभ्रमित गर्ने कुरा मात्र भएको बताए ।

    उनले निर्वाचित जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिए । जनताले एमाले र कांग्रेसले जितेको पालिकाबीचको फरक हेरिरहेको उनको भनाइ थियो । एमालेलाई अझ मजबुत बनाउनुपर्ने नेता ढकालले बताए ।